स्वास्थ्य वैज्ञानिकहरुको शिखर सम्मेलन सुरु

बुधबार, २८ चैत्र २०७४, १२ : ३६
स्वास्थ्य वैज्ञानिकहरुको  शिखर सम्मेलन सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले बुधबार एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको चौंथो शिखर सम्मेलनको उदघाटन गरेकी हुन् ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषदको २८ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा बोल्दै स्वास्थ्य राज्यमन्त्री अर्यालले सम्मेलनले स्वास्थ्य क्षेत्रको भावी नीति तर्जुमा गर्न आवश्यक सुझाव दिने विश्वास व्यक्त गरिन् ।

उनले तथ्य र प्रमाणको आधारमा मुलुकको सबै तहमा स्वास्थ्य क्षेत्रको उचित व्यवस्थापन गर्न अनुसन्धानको कामलाई सरकारले उच्च प्राथमिकता दिने योजना पनि अघि सारिन् । थजज स्वास्थ्य राज्यमन्त्री अर्यालले नीति निर्माण तथा योजना तर्जुमा गर्दा सम्बन्धित क्षेत्रको अनुसन्धानको आवश्यता पनि औंल्याए ।

२ दिनसम्म चल्ने सम्मेलनमा देशभरका १ हजार भन्दाबढि स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विज्ञहरु सहभागी भएका छन । नेपालको बदलिँदो स्वास्थ्य प्रणालीका लागि उच्चस्तरीय अनुसन्धानमा जोड दिन शिखर सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस