एकता संयोजन समितिको बैठक आज

बुधबार, २८ चैत्र २०७४, १२ : १८
एकता संयोजन समितिको बैठक आज

वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन बुधबार अपरान्ह बस्दैछ ।  

बैठकमा यसअघि कार्यदलले सहमति जुटाउन नसकेका विषयमा सहमति जुटाउने प्रयास गरिने बताइएको छ । ‘५ बजेपछि बस्ने बैठकमा विवादित विषयमा छलफल हुन्छ, सकभर आजै ती विषयमा सहमति जुटाउने प्रयास हुनेछ’ एक नेताले भने, ‘आजै नभएपनि छलफललाई निरन्तरता दिएर सहमति जुटाउने प्रयास रहन्छ ।’

गत चैत २० गते राजनीतिक र विधान तथा सांगठनिक कार्यदलले दुई प्रतिवेदन वुझाएपनि निर्वाचन चिन्ह, प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने या नराख्ने तथा एकीकृत पार्टीमा रहने सदस्य कुन पार्टीका कति भन्नेमा दलहरुवीच विवाद छ । तर, नेताहरुले भने बाहिर आएजस्तो विवाद नभएको दावी गर्दै अएका छन् ।
कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेपनि प्रतिवेदनबारे खासै छलफल भएको थिएन ।

प्रतिक्रिया दिनुहोस