सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, ११ : २०
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय बढेको छ । छापावाल सुन ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो ९१ हजार ५ सय थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार ३ सय निर्धारण गरिएको छ । यसैगरी, चाँदी प्रतितोला १ हजार ३३० रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस