पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता

सफल खबर संवाददाता

सोमबार, २१ असार २०७८, १३ : ३५
पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता

सांकेतिक तस्वीर

पाँचथर । पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र विपल खोलाले बगाई बेपत्ता भएका हुन् ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डको टोलीले खोजतलास गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस