सभामुखका वकिलको आज वहस, यी विषय उठाउदैछन् (हेर्नुहोस वहस नोट सहित)

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, ०९ : २६
सभामुखका वकिलको आज वहस, यी विषय उठाउदैछन् (हेर्नुहोस वहस नोट सहित)

काठमाडौं । प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा सर्वाेच्चको संवैधानिक इजालसमा चलिरहेको सुनुवाईमा आज सभामुखका वकिलहरुले वहस गर्नेछन् ।

सरकार गठनको परिक्षण संसदलाई गर्न दिनुपर्नेमा त्यसलाई राष्ट्रपति र प्रधानमन्त्रीको तजविजिका आधारमा छलेर पटक पटक संसदले सरकार बनाउन नसक्ने जिकिर गदै संसद विघटन हुँदै आएको छ । जवकी कांग्रेस सभापति शेरवहादुर देउवाको पक्षमा राष्ट्रपतिकाहाँ १४९ र सर्वाेच्च अदालतमा १४६ सांसदले हस्ताक्षर गरेर देउवालाई प्रधानमन्त्री बनाउन आफुहरुको साथ समर्थन रहेको बताईसकेका छन् ।

यसप्रति सभामुख अग्निप्रसाद सापकोटाको असन्तुष्टि रहँदै आएका छन  ।  उनको तर्फबाट आज  वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ। ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस सुरु हुनेछ तयारी सर्वाेच्चमा छ ।

सभामुखका तर्फबाट बहसमा उत्रन लागेका  वरिष्ठ अधविक्ताहरुले प्रतिनिधिसभाप्रति अनुत्तरदायी भइसकेका प्रधानमन्त्रीको सिफारिशमा संसद् विघटन गर्ने कार्य बदर हुनुपर्ने जिकिर गर्न लागेका हुन् ।

 संवैधानिक इजलाशमा संयुक्त वहस नोट प्रस्तुत गर्दै उनीहरुले जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभाको अवमूल्यन गर्ने, मानमर्दन गर्ने तथा संसद्प्रति उत्तरदायी नभएका प्रधानममन्त्रीको सिफारिश बदर गर्नुपर्ने जिकिर गरेका छन् ।

 निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो।

यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए। अव सभामुखका कानुन ब्यवसायीको टि व्रेक अगाडी बहस सकेर आजैवाट जवाफी वहस शुरु गर्ने तयारी अदालतको छ । जवाफी वहसका लागि निवेदनक पक्षका वकिललाई बाँकी ३ घण्टाको समय दिइनेछ । त्यसपछि अदालतले सहयोगीका रुपमा झिकाएको एमीकस क्यूरीका ४ जना वरिष्ठ अधिवक्ताहरुले प्रति अधिवक्ता आधा घण्टाका दरले २ घण्टा वहस गरेपछि मुद्धामा वहसको क्रम सकिनेछ । त्यसपछि अदालतले निर्णय दिनेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पेस गरेको दाबी खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति संसदै विघटन गरेपछि सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन्।

जसमध्ये देउवासमेत १४६ सांसदको हस्ताक्षरमा हालिएको निवेदनमा संसद् पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गरिएको छ। जुन मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा भइरहेको छ।

हेर्नुहोस् सभामुखका वलिकले तयार पारेको वहस नोटको पूर्ण पाठ :

प्रतिक्रिया दिनुहोस