काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धिकरणको कसुरमा समेत अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो छ ।
यही विषयमा सभामुख देवराज घिमिरे अहिले आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफलमा रहेका छन् । छलफल पश्चात् उनी सांसद पदमा नरहेको सूचना टाँस्ने वा नटास्ने भन्ने टुङ्गोमा सभामुख पुग्ने बताइएको छ । सङ्घीय संसद् सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार केही बेरमै सभामुखबाट जानकारी आउने छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको जानकारी पत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझ नै पठाइसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखले डाकेको छलफल निष्कर्षविहीन
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै
प्रधानमन्त्री भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा
सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्न जरुरी : सभामुख घिमिरे
सभामुखद्वारा सुखानी सहिदका तस्बिर अकिंत हुलाक टिकटमा टाँचा