महानगरका अध्यक्ष माथि भएको घटना प्रति चितवनका प्रमुख ३ दलको आपत्ती

मंगलबार, २७ चैत्र २०७४, २० : ४८
महानगरका अध्यक्ष माथि भएको घटना प्रति चितवनका प्रमुख ३ दलको आपत्ती

चितवन । भरतपुर महानगर १०का वडा अध्यक्ष अरुण पीडित भण्डारी माथि मंगलबार दिउँसो भएको घटना प्रति चितवनका प्रमुख राजनीतिक दलहरुले गभ्भिर आपत्ति जनाएको छन् । प्रमुख राजनीतिक दल नेकपा एमाले चितवन ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका अध्यक्षहरु क्रमश :कृष्णभक्त पोखरेल ,जितनारायण श्रेष्ठ र ईश्वरी भट्टराईद्धारा जारी संयुक्त विज्ञप्ती जारी गर्दै जिल्लाको मुख्य बजार नारायणगढमा मोबिल खन्यार ढुङगा प्रहार गरिएको प्रति भोर भत्साना एव निन्दा गर्दछ विज्ञप्तीमा भनिएको छ । संयुक्त विज्ञप्तीमा देश समृद्धको बाटोमा हिडिरहेको समयमा यस्ता घटना हुनुलाई लोकतन्त्र माथि प्रहरा भएको भनिएको छ । जुन सुकै समूहबाट यस प्र्रकारको घटना अक्ष्मय अपराध भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । साथै भविष्यमा यस्ता घटना हुन नदिन शान्ति सुरक्षाका सबै उपायहरु अवलम्बन गर्न नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस