प्रहरी आइजिपीमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र

मंगलबार, २७ चैत्र २०७४, २० : २३
प्रहरी आइजिपीमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र

काठमाडौं, २७ चैत ।  नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी) मा  सर्वेन्द्र खनाल बढुवा (नियुक्त) भएका छन् ।

मंगलबार बेलका बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रमुखमा डिआईजी खनाललाई नियुक्त गरेको हो । त्यस्तै सशस्त्र प्रहरीको प्रमुखमा शैलेन्द्र खनाल नियुक्त भएका छन् ।

माओवादी केन्द्र र एमालेबीच विवाद हुँदा मंगलबार बसेको मन्त्रिपरिष्द बैठकले आईजीपी नियुक्तको विषयमा निर्णय गर्न सकेको थिएन् । प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलबाट आइजीपी नियुक्तमा देखिएको विवाद समाधान भएको हो ।

वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रमुख सिंहबहादुर श्रेष्ठले अवकास पाउन भन्दा केही घन्टा अघि नयाँ प्रमुख नियुक्त गरिएका हुन् । नेपाल प्रहरीबाट नेपाल खनालसँगै रमेश खरेल र पुष्कर कार्की तथा सशस्त्रबाट खनालसँगै पुष्पराम केसी महानिरीक्षकका मुख्य प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया दिनुहोस