काठमाडौं ।नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर केहीबेरअघिदेखि एकतर्फी सडक सन्चालनमा ल्याइएको मुग्लिन प्रहरीले जनाएको छ ।
पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ । १७ किलो र चार किलो भन्ने स्थानमा पहिरो हटाउने काम जारी छ । सबै पहिरो हटाएर दुईतर्फी सडक सन्चालनमा आउन भने केही समय लाग्ने छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असार २०७८, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्डका एघार पुल सञ्चालनमा