बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन

मंगलबार, २७ चैत्र २०७४, १९ : ५०
बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन

काठमाडौँ । बलत्कारीलाई कानूनमा नै फाँसीको सजायको माग गर्दै आज प्रदर्शन गरिएको छ । नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले आज प्रदर्शन गरेको हो । 

¥यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफँै बनाँै बलात्कारीलाई फाँसी नै चाहिन्छ, ‘बलात्कारीलाई फाँसी दे’ जस्ता नारा लगाइएको थियो । उनीहरुले संविधान संशोधन गरी बलत्कारीलाई फाँसीको व्यवस्था कानूनीरुपमा नै हुनुपर्ने जोडदार माग गरेका छन् । 

पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी फाँसीको व्यवस्था गर्नुपर्ने रक्षा नेपालकी सावित्री सुवेदीले बताउनुभयो । उहाँले बलात्कार जघन्य अपराध भएकाले मिलापत्र गराएर अपराधी उम्काउन नपाइने बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस