अध्यक्ष भण्डारी माथि भएको घटना प्रति भरतपुर महानगरपालिकाको आपत्ती

मंगलबार, २७ चैत्र २०७४, १९ : ३३
अध्यक्ष भण्डारी माथि भएको घटना प्रति भरतपुर महानगरपालिकाको आपत्ती

चितवन । भरतपुर महानगरपालिका वडा नं. १० का अध्यक्ष अरुण पीडित भण्डारी माथि भएको घटना प्रति भरतपुर महानगरपालिकाले गभ्भिर ध्यानाकर्षण भएको जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख मेयर रनु दाहालद्धारा जारी विज्ञाप्तीमा अपरिचित ब्यक्तिहरुले वडा अध्यक्ष भण्डारी माथि मोबिल खन्याएर ढुङगा प्रहार गरि संघातिक हमला गर्ने कार्य गरेको भन्दै अपत्ती प्रकट गरिएको छ ।
नगरवासीको सेवामा अहोरात्र खटिने जनप्रतिनिधिको मनोबल घटाउन गरिने यस्ता खाले कुनै पनि हर्कतहरु महानगरलाई सैह्य नहुने र यस्ता कार्य प्रति महानगरपालिकाले निन्दा एवं भत्सना समेत गर्दछ विज्ञप्तीमा भनिएको छ । साथै विज्ञप्तीमा यस्ता अवाञ्छित गतिविधिमा संलग्नहरुको पहिचान गरी तत्काल कडा कानुनी कारबाही गर्न जोडदार माग गरिएको छ ।

 

 


 

 

प्रतिक्रिया दिनुहोस