चैत्र २९ देखि क्याम्पाचौर नारायणगढमा फुड फेस्टिवल हुने

मंगलबार, २७ चैत्र २०७४, १९ : ०७
चैत्र २९ देखि क्याम्पाचौर नारायणगढमा फुड फेस्टिवल हुने

चितवन । नयाँ बर्षको २०७५ को अवसरमा पहिलो “नारायणगढ फुड फेस्टिवल” हुने भएको छ । नेवा: पुच नारायणगढको आयोजना यहि चैत्र २९ देखि बैशाख ३ गतेसम्म फेस्टिवल संचालन हुन लागेको हो ।
आयोजकले यस बारे मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । “क्याम्पाचौर जाऔ, नया बर्ष मनाऔ” भन्ने मूल नारा राखिएको फेस्टिवलका अध्यक्ष एव नेवा पुच नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने मेलामा भिमसेनको ठुलो मुर्ति राखिने आयोजकले जानकारी दिएको छ । फेस्टिवलको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्ने कार्यक्रम छ । ५ दिन सम्म चल्ने फेस्टिबलमा करिब ८० वटा स्टल रहने छन् । फेस्टिवल दिउँसो ४ बजे देखि राती १० बजेसम्म चल्ने छ ।
खानाका पारखीहरु र स्थानीय तथा बाह्य पर्यटकलाइ आकर्षित गर्ने गरि फेस्टिवल संचालन हुने शाक्यले जानकारी दिनुभयो । फेस्टिवल संचालन गर्न करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । 
मेला सफल पार्न नेवा पुच नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति सहित ११ वटा उपसमिति गठन भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस