अविरल वर्षाका कारण बाजुरामा दुईवटा पसल बगे

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १३ : २५
अविरल वर्षाका कारण बाजुरामा दुईवटा पसल बगे

फाइल फोटो

धनगढी । बिहीबार राति आएको अविरल वर्षाको कारण बाजुरामा  दुईवटा पसल बगेका छन्।

बुढीगंगा नगरपालिका -६ स्थित बाम्का बजार छेउमै रहेको छडा खोलाले कटान गर्दा त्रिवेणी नगरपालिकाका लोकेश नाथ र मन थापाको पसल बगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस