नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँ ठाउँमा पहिरो (फोटोफिचर)

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, ११ : ४३
नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँ ठाउँमा पहिरो (फोटोफिचर)

चितवन । लगातारको वर्र्षाले मुग्लिन(नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको छ । विहीबार साँझ ठूलो ढुंगासहित पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

यसअघि वर्षाका कारण १४ किलोमा पहिरो खस्दा बाटो एकतर्फी मात्रै सञ्चालनमा आउन सकेको थियो ।

लगातारको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा छिनछिनमा पहिरो झर्ने क्रम रोकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस