रामचन्द्र पौडेलले हकारेपछि काँग्रेसका तीन नेताको बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, ०८ : ४३
रामचन्द्र पौडेलले हकारेपछि काँग्रेसका तीन नेताको बैठक स्थगित

काठमाडौं । काग्रेसका संस्थापक तीन नेताका छोराहरु डा. शसांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको लगातारको छलफल आजको लागि भने स्थगित भएको छ । पालैपालो एक अर्का नेताको घरमा तीन नेताले जमघट गरेर पार्टीका शीर्ष नेताहरुलाई चुनौती दिन थालिरहेका बेला यी तीन नेताले आज डा. शसांकको निवासमा केन्द्रीय सदस्यहरुसँग महाधिवेशन केन्द्रीत छलफल गर्ने योजना बनाएका छन् ।

तीनै नेता आफै सभापतिको उम्मेदवारी घोषणा गरेर एक अर्कालाई मनाउने उदेश्यका साथ छलफलमा छन् । तर छलफलले सहमति जुटाउन सकेको अवस्था छैन् । विमलेन्द्र देउवा क्याम्पमा थिए भने प्रकाशमान र डा शसांक रामचन्द्र पौडेल क्याम्पमा थिए । देउवा र पौडेल आफै फेरि सभापतिका उम्मेदवार हुन् । देउवाले औपचारिक रुपमा नै सभापतिको उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन भने अन्यको औपचारिक घोषणा भएको छैन, यद्यपी अनौपचारिक घोषणाका क्रममा आकांक्षी झण्डै दर्जन नेताले आफु सभापति भिड्ने बताईरहेका छन् ।

आफ्नो समुहबाट डा. शसांक र प्रकाशमानले निधिसँग अनेक पटक छलफल गरेर काँग्रेसभित्रको समिकरणमा बदलाव ल्याउन सक्ने देखेपछि पौडेलले शसांक र प्रकाशमानलाई क्रियाशिल सदस्यता नटुंगिएको बेला यस्तो छलफल र भेटघाटको अर्थ नहुने भन्दै ध्यान सदस्यता टुंगो लगाउन तिर केन्द्रीत गर्न आग्रह गरेका थिए । पौडेल भेटन पुगेका निधिलाई पनि उनले उपसभापति भएर सदस्यता टुंगो लगाउन ध्यान दिनुपर्नेमा त्यसो नगरेको भन्दै उनले अहिले सभापतिको प्रस्ताव लिएर आउँदै नआउन भनेका थिए ।

पौडेलले त्यसरी नेताहरुको जमघट हुन थालेमा अहिले देखिएको समिकरण बदलिन सक्ने र महाधिवेशनको नेतृत्व अर्को खेलमा जान सक्ने ठानेर सिंह र कोइरालालाई पौडेलले सचेत गराएका थिए । पौडेलले त्यसरी हकारेपछि काँग्रेसभित्रका तीन संस्थापक नेतापुत्रको आजको बैठक स्थगित भएको छ । त्यसको पुष्टि काँग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन् ।

तपाईहरु के के मा कुदिरहनु भएको छ, सदस्यता विवाद लफडामा छ, सदस्यतामै जथाभावी भयो भने तपाई नै उठेपनि कसरी सभापति जित्नुहुन्छ ? पौडेलले प्रकाशमान र शसांकलाई भनेका थिए । काँग्रेसको पदाधिकारीहरुको बैठक देउवाले आज बोलाएका छन् । क्रियाशिल सदस्यता विवाद सदस्यता छानविन समितिले होटलमा बसेर गरेको खर्चको पेश्कीका विषयमा आज पदाधिकारी बैठकमा छलफल हुने बताईएको छ । काँग्रेसमा देउवा निकट रमेश लेखक क्रियाशिल सदस्यता छानविन समितिका संयोजक छन् । उनको समितिले सदस्यता टुंगो लगाएको छैन् । तर होटमा बसेर काम गरेको भन्दै ४० लाखको विल केन्द्रीय कार्यालयमा बुझाईसकेको स्रोतको भनाई छ ।

यही विषयमा समेत आजको पदाधिकारी बैठकमा छलफल हुने छ । हिजै देउवाले पदाधिकारी बैठक बोलाएपनि आज दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । कोइराला, सिंह र निधिले सिंह्को निवासमा केही दिन अगाडी मात्रै छलफल गरेर डा. शसांकको महाराजगन्जस्थित निवासमा आज केन्द्रीय सदस्यहरुसँग सामुहिक रुपमा भेटघाट गर्ने तयारी गरेका थिए ।

तर पौडेलले त्यसरी नेताहरुको जमघट हुन थालेमा अहिले देखिएको समिकरण बदलिन सक्ने र महाधिवेशनको नेतृत्व अर्को खेलमा जान सक्ने ठानेर सिंह र कोइरालालाई पौडेलले सचेत गराएका थिए । पौडेलले त्यसरी हकारेपछि काँग्रेसभित्रका तीन संस्थापक नेतापुत्रको आजको बैठक स्थगित भएको छ । त्यसको पुष्टि काँग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन् । उनले वक्तब्य नै जारी गरेर भेटघाट स्थगित भएको जनाएका छन् ।

सिंहले भनेका छन्, :
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन केन्द्रित रहेर नेताहरुबीचको छलफल र भेटघाटप्रति सबैको चासो रहनु स्वभाविक नै हो । यसैक्रममा कांग्रेस नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र म बीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुस गरिरहेका छन् ।

यो प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको त छ नै, पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको छ । सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र आज असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो ।

तर, क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु । निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने समेत सबैमा जानकारी गराउँदछु । यहाँहरूको उत्साहजनक सल्लाह र प्रतिक्रियाका लागि आभार व्यक्त गर्दछु । जय नेपाल ।

प्रकाश मान सिह