वीरगञ्ज । अविरल वर्षाको कारण आएको बाढीले पर्सामा चार घर भत्किएका छन् भने दर्जनौं घर डुबानमा परेका छन् । त्यस्तै भर्खरै निमार्ण भएको हुलाकी सडकको केही क्षेत्रमा समेत क्षति पु¥याएको छ ।
पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ पिपराका राजकुमार दास, ब्रहमदेव, दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पसेर भत्किएका छन् भने सोही स्थानका एक दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीय किशुन महतो, शंकर दास, जंगाली राय, शिवशंकर दास, खिचड़ी महतो लगायत १६ जनाको घर डुबानमा परेको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ । त्यसैगरी अविरल वर्षासँगै आएको बाढीले डुबान र कटान गर्दा ठोरी गाउँपालिका धेरै घर डुबानमा परेका छन् ।
ठोरी गाँऊपालिका वडा नम्बर ३ को ब्रम्हानगर र नयाँवस्तीमा हुलाकी सडकबाट उत्तरतर्फ रहेका अधिकांश घर डुबानमा परेका छन् भने वडा नम्बर ४ को निर्मलवस्ती, आठघरे , मिलचोक , शान्तिटोल , सुन्दरटोल , बिजयबस्ती , विशालचोक , ट्याङ्गेलाईन लगायतका ठाउँका अधिकांश घरहरु समेत डुबानमा परेका छन् । ।
हुलाकी सडक र सडक किनारको नाला अग्लो बनाईएको र पानी निकासका लागि कल्भर्ट निमार्ण नगरिएकाले धेरै घर डुबानमा परेको बताईएके छ । वर्षापछि खोलामा आएको बाढीले खानेपानीको मुहानको पाइप बगाएपछि ठोरी गाँउपालिकाको वडा नम्बर ३ को बुद्धनगर र तल्लो रामनगरमा खानेपानी अभाव भएको छ ।
ओरीया खोलामा आएको बाढीले भर्खरै निमार्ण भएको हुलाकी सडकको ठोरी गाउँपालिकाको वडा नम्बर ४ को गोपीवस्तीमा सडक जोगाउन निर्माण गरिएको तटबन्ध बगाएर हुलाकी सडकमा क्षति पु¥याउन सुरु गरेको छ । सडक पेटी कटान गरिसकेको नदिले करिब १०० मिटर लम्वाईमा क्षति पु¥याउदै कालोपत्रे कटान गर्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असार २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
माझीदाईका गुनासो : दिनभरि काम गर्यो, फर्कँदा रित्तै
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक