विपक्षी गठबन्धनका शीर्ष नेता र बुद्धिजीवीहरुबीच अन्तरक्रिया सुरु

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १४ : ४५
विपक्षी गठबन्धनका शीर्ष नेता र बुद्धिजीवीहरुबीच अन्तरक्रिया सुरु

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेता, नागरिक समाजका अगुवा र बुद्धिजीवीहरुबीच अन्तरक्रिया सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अन्तरक्रिया सुरु भएको हो ।

अन्तरक्रियामा अहिले नागरिक समाजका अगुवा र बुद्धिजीवीहरु बोल्ने क्रम सुरु भएको छ । अन्तरक्रियामा एक जनालाई तीन मिनेटमा सुझाव राख्ने समय छुट्टयाइएको छ । अन्तमा नेताहरूले जवाफ दिने कार्यक्रम तय गरिएको छ । 

अन्तरक्रियामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु उपस्थित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस