चितवनमा फेरी एक साता निषेधाज्ञा थप ,तीन पाङग्रे सवारी साधनमा जोर बिजोर प्रणाली लागु

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १३ : ५४
चितवनमा फेरी एक साता निषेधाज्ञा थप ,तीन पाङग्रे सवारी साधनमा जोर बिजोर प्रणाली लागु

चितवन । चितवनमा जारी निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा एक साता थप गरेको हो ।

जिल्लाप्रशासन कार्यालयमा आज बसेको बैठकले जारी निषेधाज्ञा असार २४ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।  जारी निषेधाज्ञा भोलि (बिहीबार) राति १२ बजे सकिदैछ ।निषेधाज्ञा सकिनै लाग्दा जिल्लामा कोरोनाको जोखिम कायमै रहेको भन्दै प्रशासनले एक साता थप गरेको हो ।

निषेधाज्ञमा बढी भिडभाड हुने सरकारी कार्यालयहरु प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब बार अनुसार खुल्नेछन् । कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

यस्तै  तीन पाङग्रे सवारी साधनमा  जोर बिजोर प्रणाली लागु हुने भएको छ । सार्वजनिक यातायातलाई बिस्तारै सहज बनाउदै लैजाने क्रममा बढीमा २ जना यात्रु बोक्ने गरी तीन पाङ्ग्रे सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

जोर गते जोर नम्बरको र बिजोर गते बिजोर नम्बरको अटो रिक्साजस्ता तीन पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न पाइनेछ । तीन पाङ्ग्रे अटोरिक्सा पूर्व निर्धारित रुटमा मात्रै चल्न पाउनेछन् । यस्तै ट्याक्सीमा पनि जोर बिजोर लागु गरिएको छ । ।

प्रतिक्रिया दिनुहोस