प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, ११ : ५१
प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज पनि जारी छ । बुधवार सरकार पक्षबाट सह–न्यायाधिवक्ता गोपाल प्रसाद रिजालले बहस शुरु गरेका छन् । उनलाई १५ मिनेट समय दिइएको छ ।

बुधवार ५५ मिनेट भित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता  दशरथ पंगेनीले बहस गर्नेछन् ।

सरकारी वकिलले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन ब्यवसायीले बहस गर्नेछन् । प्रधानमन्त्रीका कानुन ब्यवसायीलाई बहसका लागी ७ घण्टा समय छुट्याइएको छ । 

सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ । 

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन् ।

प्रतिक्रिया दिनुहोस