आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, ०८ : ०१
आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको तराई भूभाग नजिक  मनसुनी न्युन चापीय रेखा रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको पनि महाशाखाले जनाएको छ भने प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

यसैबीच बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ  । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ । यस्तै प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका   थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक  दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको छ  ।

यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  भारी वर्षा तथा  एक  दुई स्थानहरुमा  धेरै  भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस