जननेता मदन भण्डारीको जयन्तीमा रक्तदान

रासस

सोमबार, १४ असार २०७८, २१ : २९
जननेता मदन भण्डारीको जयन्तीमा रक्तदान

सांकेतिक तस्वीर

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । 

जिल्लाको सूर्यविनायकमा मदन स्पोर्टस एकेडेमीले आयोजना गरेको  कार्यक्रममा दुई महिलासहित ४१ जनाले रक्तदान गरेको एमालेका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष देउजा, एमाले केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले जननेता भण्डारीको तस्विरमा माल्र्यापण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस