दुई सचिवको सरुवा गर्ने सरकारको निर्णय

मंगलबार, २७ चैत्र २०७४, १२ : ४२
दुई सचिवको सरुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले फेरि  दुई सचिवको सरुवा गरेको छ ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।
यस्तै प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरेलाई  पदोन्नतीसहित प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको  सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यसअघि सरकारले गुपचुप ढंगले  ३० सचिवको सरुवा गर्ने  गरेको थियो भने सो सरुवाका सम्बन्धमा माओवादी मन्त्रीहरुले  तीब्र असन्तुष्टि जनाएका थिए ।
बैठकले  नयाँ शैक्षिक सत्रमा भर्ना अभियानलाई प्रभावकारी बनाउनको लागि प्रधानमन्त्रीदेखि, राजनीतिक दलका नेता, कलाकार बुद्धिजीवि, पत्रकारलगायात समाजका हरेक तह र तप्काका व्यक्तिलाई  एक बच्चा विद्यालयसम्म पुर्याउनको लागि पहल गर्न समेत आहवान गरेको छ ।
यसअघि प्रधानमन्त्रीले एक विद्यार्थीलाई आफूले विद्यालय लगेर भर्ना गर्ने सोच बनाएको औपचारिक रुपमै बताएका थिए । 

प्रतिक्रिया दिनुहोस