प्रधानमन्त्रीले भने - ‘मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न ? ’

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १३ : ४२
प्रधानमन्त्रीले भने - ‘मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न ? ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताए ।

‘मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ रे’ उनले भने , ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ? ’ माधव नेपालले आफैँले आफ्नो मत्ता बढाएको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई शेरबहादुर देउवा र पुष्पकमल दाहालका मामुली कार्यकर्ता भएको टिप्पणी गरे। माधव नेपाल प्रचण्डको पुच्छर भएको भन्दै कटाक्ष  गरेका ओलीले प्रचण्डले छिनछिनमा रङ फेरेर छेपारोलाई पनि फेल गराएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस