उपत्यकामा निषेधाज्ञा खुकुलो, खाद्यान्न पसल खोल्न पाइने

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १२ : २०
उपत्यकामा निषेधाज्ञा खुकुलो, खाद्यान्न पसल खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै स्वास्थ्य मापदण्ड अपनाएर  किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् ।यसअघि बार तोकिएका पसलहरुलाई अब मंगलबारदेखि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।

सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् । ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाका अनुसार सर्तसहित पसलहरु संचालन गर्न अनुमति दिने निर्णय भएको हो ।

निषेधाज्ञा थप एकसाता लम्बिएको छ ।

प्रतिक्रिया दिनुहोस