सार्वजनिक सवारीसाधन जोर बिजोर प्रणालीमा खुलाउने तयारी, भोलि निर्णय गरिने

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १७ : १८
सार्वजनिक सवारीसाधन जोर बिजोर प्रणालीमा खुलाउने तयारी, भोलि निर्णय गरिने

काठमाडौं । निषेधाज्ञाका विषयमा उपत्काका तीनै जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक सकिएको छ । बैठकमा सार्वजनिक सवारीसाधन सञ्चालनको मोडालिटीबारे छलफल भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल भइरहेको छ ।

‘हामीले संक्रमण दरको अवस्था पनि विश्लेषण गरिरहेका छौं, जनस्वास्थ्य कार्यालयको रिपोर्टअनुसार अहिले काठमाडौंको संक्रमणदर १२/१३ प्रतिशत छ’, सीडीओ पराजुलीले भने, ‘यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुन्छ । एकैपटक ह्वात्तै यातायात खुलाउने भन्दा पनि जोरबिजोरबाट लैजान सकिन्छ । सुझाव पनि यसरी नै आएका छन् ।’

तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि भोलिको बैठकबाट मंगलबारदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ । त्यसका लागि केहीबेरमा सीडीओहरूको छलफल तय गरिएको छ ।

निजी सवारीसाधन र व्यापाररव्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस