भूगर्भबिद्को टोली लिएर उत्तरी गोरखा पुगे सांसद अधिकारी

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १६ : ४०
भूगर्भबिद्को टोली लिएर उत्तरी गोरखा पुगे सांसद अधिकारी

गोरखा । बिघटित प्रतिनिधिसभका सांसद हरिराज अधिकारी बाढी पहिरोको उच्च जोखिममा परेको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका बिभिन्न क्षेत्रको अध्ययनका लागि बिज्ञ सहितको टोली लिएर उत्तरी गोरखा पुगेका छन ।सांसद अधिकारीले सिर्दिबास क्षेत्रमा पर्ने जगत सल्लेरी लगायतका स्थानका जोखिमपुर्ण बस्तीको अध्ययन तथा अनुगमनका गर्ने  जानकारी दिए । लगातारको बर्षापछि बाढी पहिरालेले बढी क्षति पुगेको क्षेत्रको अध्ययनका लागि इन्जिनियर सहित खानी तथा भुगर्भ बिभागको टोली सिर्दिबास पुगेको हो ।

बिज्ञ सहितको टोली एयर डाइनेष्टी हेलिकप्टरबाट बिहान सिर्दिबास पुगेको हो । ‘इन्जिनियर र बिज्ञहरुले त्यहाँको अध्ययन गरेपछि बस्ती सार्नुपर्ने वा नपर्ने भन्ने बारेमा निस्कर्ष निकाल्न सजिलो हुन्छ, सांसद अघिकारीले भने, 'त्यसको निस्कर्षका आधारमा तत्काल के गर्ने भन्ने बारेमा थप निर्णय गर्न सजिलो हुन्छ ।’

समयमा अध्ययन गरि जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न नसक्दा हरेक बर्ष बाढी पहिरोका कारण ठूलो जनधनको क्षति व्यर्होनु परेको उनले बताए । 'उत्तरी गोरखामा भौगोलिक हिसावले बिकट छ, २०७२ गोरखा भुकम्पले चिराचिरा बनाएका पहाडहरु खस्ने, पहिरो जाने क्रम रोकिएका छैनन, सांसद अधिकारीले भने, 'जोखिमपूर्ण बस्तीको बेलैमा अध्ययन गरि नागरिकहरुको जनधनको रक्षा गर्नु पहिलो आबश्यकता पनि हो ।’ 

टोलीले ३ दिनसम्म त्यहाँ रहेर जोखिमपूर्ण बस्तीको अध्ययन तथा अनुगमन गर्ने छ।अधिकारीसंगै टोलीमा बिपत प्राधिकरणका भुगर्भ इन्जिनियर सुसिल श्रेष्ठ, खानी तथा भूगर्भ बिभागका भूगर्भबिद् सूचिता श्रेष्ठ, सुलभ कायस्थ र पत्रकार सागर पन्त रहेका छन ।

प्रतिक्रिया दिनुहोस