शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न नेपाली नेतृत्वको टोलीको माग

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १५ : ५३
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न नेपाली नेतृत्वको टोलीको माग

काठमाडौं । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपाली नेतृत्वको टोलीले जातीय विभेदको पक्षपोषण गर्ने  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेको छ ।

नेपालीसहितका प्रदेश १ का दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै  प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्।

जातकै कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानूनी कार्वाहीबाट जोगाउन आफै प्रहरी कार्यालयमा आएर छुटाएर लाने शिक्षा मन्त्री श्रेष्ठलाई पदमुक्त गर्नु पर्ने उनीहरुले  ज्ञापनपत्रमा माग राखेका छन् ।

जातीय विभेदलाई संरक्षण गर्ने मन्त्रीलाई पदबाट नहटाएमा कडा संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस