मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १४ : १८
मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ ।  मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । 

काठमाडौँको थापाथलीमा भएको दुर्घटनामा मृत्यु हुनेमा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्का रहेका छन् भने मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  

शुक्रबार राति ११ः२० बजे माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस