पानीको विषयमा दुई परिवारबीच कुटाकुट, दर्जनबढी घाइते

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १२ : ४५
पानीको विषयमा दुई परिवारबीच कुटाकुट, दर्जनबढी घाइते

सांकेतिक तस्वीर

रौतहट । रौतहट मौलापुर नगरपालिका-१ मर्यादपुरमा पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा दर्जनबढी घाइते भएका छन् । झडप शनिबार (आज) बिहान भएको हो।

स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको थियो। इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार घटनामा एक दर्जनबढी घाइते छन्।

प्रहरी निरीक्षक राकेश यादवका अनुसार सोनारको परिवारमाथि यादव परिवार खनिएका थिए। खाना खाइरहेको अवस्थामा सोनार परिवारमाथि आक्रामण भएको थियो। 

सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको उनले बताए। घाइते कसैको स्थानीय अस्पताल तथा कसैलाई वीरगञ्ज पठाइएको छ। यादव पक्षका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक यादवले बताए।

प्रतिक्रिया दिनुहोस