आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, ०८ : ०२
आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । शनिबार देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण हाल प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशमा पुर्ण बदली रहेको छ ।  बाँकी प्रदेशमा भने सामान्य बदली रहेको छ।  यस्तै प्रदेश नं १, प्रदेश नं २ र  बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाले शनिबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ । यस्तै धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षा हुनेछ । 

यस्तै रातिपनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस