गुडिरहेको रेलबाट २२ वटा डिब्बा छुट्टिएर उल्टो दौडिएपछि...!

सोमबार, २६ चैत्र २०७४, २० : २६
गुडिरहेको रेलबाट २२ वटा डिब्बा छुट्टिएर उल्टो दौडिएपछि...!

काठमाडौं । भारतमा एक यात्रुबाहक रेलबाट डिब्बा छुट्टिएर १५ किलोमिटर पछाडि दौडिएको बताइएको छ । उडिसा राज्यमा गुडिरहेको अहमदाबाद–पुरी एक्सप्रेसका २२ वटा डिब्बाहरु  इन्जिनबाट छुट्टिएर १५ किलोमिटर पछाडि दौडिएका थिए ।

छुट्टिएका डिब्बामा करिब एक हजार यात्रु सवार थिए । उनीहरु भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

शनिबार राती करिब १० बजे छुट्टिएका ती डिब्बा करिब २ घण्टापछि रोकिएका थिए । डिब्बा रोक्न रेलवेका कर्मचारीहरुले रेलमार्गमा ढुंगा थुपार्नु परेको सञ्चामाध्यामहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस