सात कानुन कार्यान्वयनमा

सोमबार, २६ चैत्र २०७४, २० : ०५
सात कानुन कार्यान्वयनमा

नुवाकोट । शिवपुरी गाउँकार्यपालिकाको दोस्रो गाउँसभाले नयाँ सात कानुन कार्यान्वयनमा ल्याएको छ । 

सभाले गाउँपालिका कार्यसञ्चालन समीक्षा, संशोधनसहितको बजेट तथा कार्यक्रमको अनुमोदन गर्दै नयाँ कानुन जारी गरी कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । गत बिहीबारदेखि शुरु भएको सभामा दफावार छलफल गर्दै नयाँ कानुन पारित भएको हो । 

सभामार्फत पदाधिकारीको आचारसंहिता, निर्णय वा आदेश र अधिकारको प्रमाणीकरण नियम, योजना तथा बजेट तर्जुमा दिग्दर्शन, सहकारी ऐन, बजार अनुगमन निर्देशिका, शिक्षा नियमावली र साधारण निर्माणजन्य सामग्रीको प्रशोधन बिक्री तथा ओसारपसारसम्बन्धी मापदण्ड समावेश भएका कानुन बहुमतले पारित गरेको गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।  
 

प्रतिक्रिया दिनुहोस