भक्तपुरको जंगलमा विद्यार्थीको शव भेटियो

सोमबार, २६ चैत्र २०७४, १८ : ५७

सांकेतिक तस्बिर

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिङ्गेश्वर मन्दिर नजिकैको जंगलमा एक विद्यार्थीको शव भेटिएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार काँडाघारीमा बस्दै आएका २२ वर्षीय गणेश बुढाथोकीको शव कलेजको टाईले झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए ।

उनी आइतबार घरबाट हराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस