जीवन विकास लघुवित्तको आईपीओ आजबाट बिक्री खुल्ला

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १२ : ३७
जीवन विकास लघुवित्तको आईपीओ आजबाट बिक्री खुल्ला

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ लाख ७७ हजार ३०० कित्ता सेयर बिक्री खुल्ला गरेको छ ।

आज जारी गरिएको साधारण सेयरमध्ये ३० हजार ४२० कित्ता अर्थात ०.५ प्रतिशत संस्थाका कर्मचारीलाई ,सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको हो ।

यस कम्पनीमा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता सम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।
एनमएबि कम्यापिटलाई यस कम्पनीको विक्री प्रवन्धक तोकिएको छ ।

सेयर निष्कासन बन्द हुने मिति छोटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म तय भएको छ ।

प्रतिक्रिया दिनुहोस