चितवनका पाँच विद्यार्थी संगठनले ओली सरकारको विरोधमा प्रदर्शन गर्ने

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १९ : ३१
चितवनका पाँच विद्यार्थी संगठनले ओली सरकारको विरोधमा प्रदर्शन गर्ने

चितवन । चितवनका पाँच विद्यार्थी संगठनले केपी ओली सरकारले संविधान उल्लंघन गरी गरेको विभिन्न हर्कतका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । 
नेविसंघ अध्यक्ष सूर्य ढकाल, अखिल क्रान्तिकारी संयोजक अविनास रम्तेल, अनेरास्ववियु अध्यक्ष साकार लामा, समाजवादी विद्यार्थी युनियन अध्यक्ष अनुज जोशी, अखिल छैटौँ अध्यक्ष कमल आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा ओली सरकारको असंवैधनिक, अलोकतान्त्रिक र जनविरोधी हर्कतका विरुद्ध यही असार ११ गते (भोलि) भरतपुरको चौबिसकोठीमा विरोध प्रदर्शन गर्ने बताइएको छ । 

हेर्नुहोस् विज्ञप्ति


 

प्रतिक्रिया दिनुहोस