अन्तर्राष्ट्रिय हवाई उडान भोलिदेखि आंशिकरुपमा सुचारु हुने

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १८ : ५६
अन्तर्राष्ट्रिय हवाई उडान भोलिदेखि आंशिकरुपमा सुचारु हुने

काठमाडौं । जनस्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने भएको छ । आन्तरिक उडान असार १७ गतेदेखि संचालन हुने भएको छ भने अन्तर्राष्ट्रिय उडान भने बिहीबारदेखि सुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को अनुमतिपछि विभिन्न मुलुकका रुटमा अन्तर्राष्ट्रिय उडान खुला हुन लागेको हो । जुलाई २४ मा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछन् ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । जुन २६ मा कतार एयरवेजको दोहाबाट काठमाडौं उडान गर्ने छ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने र एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका निकालेको छ ।

उडानमा स्वास्थ्यको मापदण्डमा कोभिड–१९ प्रोटोकल पूर्णरुपमा लागु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस