चितवनमा एक साता निषेधाज्ञा थपियो : निजी सवारी साधनमा जोर बिजोर प्रणाली, बार अनुसार पसल खुल्ने

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १४ : २०
चितवनमा एक साता निषेधाज्ञा थपियो : निजी सवारी साधनमा जोर बिजोर प्रणाली, बार अनुसार पसल खुल्ने

चितवन । चितवनमा जारी निषेधाज्ञा एक साता थप भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञा असार १७ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रशासनले थप केही खुकुलो गरेर निषेधाज्ञा लम्बाएको हो । प्रशासनका अनुसार चितवनमा बिहीबार राति १२ बजेदेखि निजी सवारी साधनमा जोर बिजोर लागु हुनेछ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको निजी सवारी साधन मात्र चल्न पाउने छ । निजी सवारीले सिट क्षमताको ५० प्रतिशत मात्र प्रयोग गर्न पाउनेछन् ।

अत्यावश्यक बाहेकका पसलहरु साताको तीन दिन खोल्न पाइने भएको छ । इलोक्ट्रिल तथा इलेक्ट्रोनिक्स पसल, भाडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटारपार्ट्स, जुत्ता चप्पल, टेलरिङ्ग, प्रेस तथा फोटोकपी पसल आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजे देखि ४ बजेसम्म खोल्न पाइने प्रशासनले जनाएको छ ।

यस बाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफुल, दुध, माछा मासु, औषधी, ग्याँस, निर्माण सामाग्री सम्बन्धी पसल तथा पुस्तक पसल भने यस अघिकै समय अनुसार दैनिक बिहाना ६ देखि १० बजेसम्म खोल्न पाइनेछ । दुध डेरीको हकमा भने साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस