राजनीति

राप्रपा परित्याग गरेका सुनील थापा समूहलाई काँग्रेसले दियो  ५५ जना महासमिति सदस्य (नामावलीसहित)

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १३ : २७
राप्रपा परित्याग गरेका सुनील थापा समूहलाई काँग्रेसले दियो  ५५ जना महासमिति सदस्य (नामावलीसहित)

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी पार्टीमा समाहित भएको सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य दिएको छ ।उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले केन्द्रीय समितिको निर्णयअनुसार थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो । 

जसमा सहमहामन्त्री थापासहित १० जना काँग्रेस केन्द्रीय कमिटीमा समेत छन् । काँग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । समायोजनका नाममा थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनको प्रतिनिधि हुने भएकाले वडाबाट चुनाव जितेर आउनुपर्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

काँग्रेसमा महासमिति सदस्य स्वतस् महाधिवेशन प्रतिनिधि हुने भए पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान छ । थापा समूहले १ सय ५० जना महासमिति सदस्य माग गरेपनि असार ८ गते ५५ जनालाई समेटिएको छ । केही जिल्लाको समायोजन हुन बाँकी रहेका अझै केही सदस्य थपिने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस