कांग्रेस सभापति  देउवा भेट्न एमाले नेता बामदेव किन पुगे बुढानिलकण्ठ ?

देउवा र  गौतमबीच देउवा निवासमा सोमबार दुई घण्टा गोप्य भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, ०८ : १०
कांग्रेस सभापति  देउवा भेट्न एमाले नेता बामदेव किन पुगे बुढानिलकण्ठ ?

काठमाडौं । गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रतिनिधीसभा विघटन गर्नु अगाडीसम्म बामदेव गौतम कहिले ओलीतिर, कहिले प्रचण्ड माधव नेपालतिर ढल्किदै आएका थिए । तत्कालिन नेकपाका ९ सदस्यीय सचिवालयमा गौतम र रामबहादुर थापा (बादल) को दोहोरो चरित्रका कारण नै ओलीले पार्टीलाई अटेरी गदैं मनलाग्दी गर्दै आएका थिए ।

झण्डै तीन वर्षको नेकपा एकता अवधीमा धेरैजसो समय बामदेव गौतमको ब्यवस्थापनमै नेताहरुले समय कटाए । प्रतिनिधीसभा चुनावमा पराजित भएका तर प्रधानमन्त्री बन्ने महत्वाकांक्षा बोकेर कहिले कता, कहिले कता दौडिरहेका नेता गौतमलाई बेलाबेला प्रधानमन्त्री केपी ओलीले अल्मलाईदिँदा उनी भुलभुलैयामा नपरेका होइनन् । तर पुस ५ यता भने उनी शुरुमा नेकपा एकता राष्ट्रिय अभियान र सर्वोच्चले २३ फागुनमा नेकपाको एकता बदर गर्दै एमाले माओवादीलाई पूर्ववतः पार्टीकै अवस्थामा फर्काइदिएपछि एमाले एकता अभियानमा बामदेव गौतम हिडिरहेका थिए ।

ओलीको प्रतिनिधीसभा पटक पटक भंग गर्ने नीतिको पनि विरोध गर्ने गौतम एमालेमै बसेर एमाले कमजोर बनाउने काममा लागेको भन्दै माधव नेपालको पनि विरोध गर्दै आईरहेका थिए । तिनै गौतम सोमबार भने विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास पुगेर देउवासँग झण्डै दुई घण्टा एक्लाएक्लै छलफल गरेर बाहिरिएका थिए । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष, एमालेकै माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धन एकपछि अर्को बलियो मोर्चाबन्दीमा जुटिरहेका बेला गौतमको बुढानिलकण्ठ प्रवेशलाई भने आश्चर्यका रुपमा लिनुपर्ने देखिएको छ ।

‘पार्टी सभापति (देउवा) लाई भेट्न उहाँ (बामदेव) आउनुभएको थियो, झण्डै दुई घण्टा भेटवार्ता गर्नुभयो र जानुभयो,’ बुढानिकलकण्ठस्थित स्रोतले सफलखबरसँग भन्यो, –‘तर छलफलको विषय यही हो भनेर भन्न सकिदैन । न सभापतिले केही ब्रिफ्रिङ गर्नुभएको छ, न वामदेव जीले नै केही बाहिर बोलेको जानकारीमा आएको छ ।’ वामदेव निकट स्रोतका अनुसार भने गौतमले विपक्षी गठबन्धनका योजना र रणनीतिका विषयमा केन्द्रीत रहेर देउवासँग छलफल गरेका हुन् । उनले देउवासँगको छलफलमा प्रधानमन्त्री केपी ओली दिनप्रतिदिन निंरकुश बन्दै जान थालेको र प्राप्त उपलब्धी गुम्ला भन्ने अवस्था आएकोले मुलुक असाध्यै अप्ठयारो अवस्थामा आईपुगेको धारणा राखेका थिए ।

ओलीले माधव नेपाल समुहसम्मलाई गठबन्धनबाट बाहिर निकाल्न गरिरहेको प्रयास सफल नभईरहेका बेला गौतम स्वंमको देउवा निवास प्रवेश र देउवासँग भएको झण्डै दुई घण्टाको भेटलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । गौतम सोमबार दिउँसो १ बजे देउवा निवास पुगेका थिए । तर भेटघाटलाई दुवै पक्षले निक्कै गोप्य राखेका छन् । दुवै पक्षले भेटमा भएका कुराकानीका विषयमा पनि केही खुलाएका छैनन् ।

‘पार्टी सभापति (देउवा) लाई भेट्न उहाँ (बामदेव) आउनुभएको थियो, झण्डै दुई घण्टा भेटवार्ता गर्नुभयो र जानुभयो,’ बुढानिकलकण्ठस्थित स्रोतले सफलखबरसँग भन्यो, –‘तर छलफलको विषय यही हो भनेर भन्न सकिदैन । न सभापतिले केही ब्रिफ्रिङ गर्नुभएको छ, न वामदेव जीले नै केही बाहिर बोलेको जानकारीमा आएको छ ।’

वामदेव निकट स्रोतका अनुसार भने गौतमले विपक्षी गठबन्धनका योजना र रणनीतिका विषयमा केन्द्रीत रहेर देउवासँग छलफल गरेका हुन् । उनले देउवासँगको छलफलमा प्रधानमन्त्री केपी ओली दिनप्रतिदिन निंरकुश बन्दै जान थालेको र प्राप्त उपलब्धी गुम्ला भन्ने अवस्था आएकोले मुलुक असाध्यै अप्ठयारो अवस्थामा आईपुगेको धारणा राखेका थिए ।

देउवाले भने विपक्षी ५ दलको गठबन्धन बलियो रहेको र ओली प्रवृतिका विरुद्द लड्ने जानकारी दिएको गौतम निकट स्रोतले बताएको छ । एमालेभित्रकै आन्तरिक राजनीतिमा देखिएको अन्तरविरोधका कारण कतै नखुली घरभित्रै आफ्नै कोटरीका नेताहरुसँगको गन्थनमन्थनमा मात्र अल्झिरहेका गौतम सोमबार भने विपक्षी नेता देउवाको निवास पुगनु र देउवासँग गोप्य भेटवार्ता गर्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस