भर्चुअल माध्यमबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैं

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, ०७ : ५३
भर्चुअल माध्यमबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैं

काठमाडौं । माओवादीको केन्द्रीय समितिको बैठक अर्चुअल माध्यमबाट आज बस्दैछ । विहान ९ बजेपछि केन्द्रीय समितिको बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त) ले जानकारी दिए ।

समसामायिक विषयमा अध्यक्ष प्रचण्डले बैठकमा जानकारी दिनुहुने र माओवादीबाट निर्वाचित केही जनप्रतिनिधी एमालेमा प्रवेश गरेकाले उनीहरुलाई कारवाही गर्ने उदेश्यले आजको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

खासगरी एमाले र माओवादीको एकता सर्वोच्च अदालतले बदर गरिदिएपछि केही जनप्रतिनिधीहरु माओवादी छोडेर एमालेमा प्रवेश गरेका थिए । एउटा पार्टीबाट चुनाव जितेर अर्को पार्टीमा प्रवेश गरेपछि सम्वन्धित दलले त्यस्ता जनप्रतिनिधीको पद पदमुक्त गर्न पाउने राजनीतिक दल सम्वन्धि ऐनमा ब्यवस्था छ । सोही कारण त्यस्ता जनप्रतिनिधीलाई कारवाही गर्न माओवादी केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस