हाम्रो जन्मभूमि संस्थाद्वारा सिन्धुपाल्चोक हेलम्वुका बाढी पीडितहरुलाई सहयोग

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, १८ : ०८
हाम्रो जन्मभूमि संस्थाद्वारा सिन्धुपाल्चोक हेलम्वुका बाढी पीडितहरुलाई सहयोग

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वडा १ भेमाथाङ चौरमा गएको बाढी  पहिरो र मेलम्ची खोलामा आएको अकल्पनीय बाढीले स्थानीयहरुमा  क्षति पु¥याएकोले हाल उक्त क्षेत्रमा देश तथा विदेशमा रहेका विभिन्न सामाजिक संघसस्थाहरुले सहयोग गर्ने क्रम वढ्दो छ । त्यसै सिलसिलामा हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोक हेलम्वुका वाढी पिडित करिव ४० घर परिवारलाइ लाई सहयोग गरेको छ।

 हाम्रो जन्मभूमि सामाजिक र मानव सेवाको सहयात्री संंस्था सिन्धुपाल्चोकद्धारा हेलम्वु गाउपालिका वडा नं ७ को चनौटे वजार लगायत आसपासका  घर परिवारलाई एक वोरा चामल ,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि ,१५ केजी चिउरा, नुन, तेल, चियापती, सावुन लगायत विभिन्न खाद्यन्न सामानहरु उक्त संस्थाकी उपाध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले वितरण गरेको हो । 

हाम्रो जन्मभुमी  समाजिक र मानव सेवाको सहयात्री सस्थालाई देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको आर्थिक रकम संकलन गरी करिव २ लाख बरावरको राहत सामाग्री वितरण गरिएको हो । संस्थाले टिकटकको माध्ययमवाट नेपाल र नेपाल वाहिर रहेका नेपालीहरुको संयुक्त पहलमा  सिन्धुपाल्चोक जिल्ला प्रसाशन कार्यालयमा दर्ता भई हाल विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ ।

 स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको माया ,साथ र आर्थिक सहयोगले दिन दुखीहरुको घाउमा मलम लगाउँदै समाजसेवामा अग्रस्थानमा रहेर काम गर्न सफल भएको संस्थाका संन्चालक सदस्य नारायण श्रेष्ठले बताए ।कार्यक्रममा संस्थाका सचिव सुमन श्रेष्ठ, सन्चालक समितिका सदस्य नारायण श्रेष्ठ साथै सस्थाका सल्लाहाकार तथा  फोटोपत्रकार सागर श्रेष्ठको सहाभागीता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस