गण्डकी प्रदेशको योजना आयोगको उपाध्यक्षमा काफ्ले नियुक्त

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, १७ : ३३
गण्डकी प्रदेशको योजना आयोगको उपाध्यक्षमा काफ्ले नियुक्त

पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्ले नियुक्त भएका छन् । आइतबार डा काफ्लेलाई गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि योजना आयोग खाली थियो ।

तनहुँ साँगेका काफ्ले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकमा उनी छनौट भएका थिए । उनले केही समय तत्कालीन जिल्ला विकास समिति तनहुँमा पनि काम गरेका थिए । मुख्यमन्त्री पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो ।

 


 

प्रतिक्रिया दिनुहोस