४० हजार घूससहित बनका अधिकृत पौडेल पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, १५ : ४२
४० हजार घूससहित बनका अधिकृत पौडेल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक अधिकृतलाई पक्राउ गरेको छ।  धादिङको नीलकण्ठ सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत आठौं तह कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई अख्तियार टोलीले पक्राउ गरेको हो । 

‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सिर्जना गरेर घूस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेकोहो । 

पौडेललाई सेवाग्राहीबाट चालीस हजार रुपैयाँ लिएको अवस्थामा कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस