लुम्बिनी प्रदेश सभा बैठक विपक्षी गठबन्धनद्वारा बहिस्कार

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, १५ : १४
लुम्बिनी प्रदेश सभा बैठक विपक्षी गठबन्धनद्वारा बहिस्कार

काठमाडौं । लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ। अल्पमत  परेको सरकारले ल्याएको  बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले  बैठक बहिस्कार गरेका हुन् ।

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८ र ०७९ को बजेट प्रस्तुत गरेको थियो  । बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले  सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए ।

त्यसपछि काँग्रेस, माओवादी र जसपा  सांसदहरु बैठकबाट हिँडेका थिए ।  आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस