देउवा–निधि बूढानीलकण्ठमा सवाल जवाफ

देउवा भन्छन् - ‘पार्टीको सभापति जो पनि उठ्न पाउँछ, मैले नउठ्नुस् भन्दिनँ । तर, मैले तयारी गरिसकेँ, मलाई सघाउनुस् ।’ नीधिको जवाफ- ‘सभापतिमा मलाई मौका दिनुस् । म पार्टी चलाउँछु । तपाईं प्रधानमन्त्री बन्नुस् ।’

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, ०७ : ४६
देउवा–निधि बूढानीलकण्ठमा सवाल जवाफ

काठमाडौं । कांग्रेसले शुक्रवार पार्टी महाधिवेशनको संसोधित कार्यतालिका केन्द्रीय समितिबाट पारित गरेसँगै अबको तीन महिनापछि हुने महाधिवेशनमा पार्टी सभापति को बन्ने चर्चा शुरु भएको छ । सभापति शेरबहादुर देउवा स्वंमले शनिवार आफु निकटका प्रदेश १ र २ का नेताहरुलाई आफ्नै निवास बुढानिलकन्ठ बोलाएर सभापति आफु फेरि दोहोरिने गरी छलफल थालेपछि यस विषयमा चर्चा चल्नु स्वभाविकै हो ।

देउवाले शनिवार निकट नेताहरुसँगको अनौपचारिक छलफलमा फेरि सभापति उठ्ने घोषणा गरिसकेका छन् । देउवाले सभापति घोषणा गरेसागै सस्थापनभित्रै पनि आकाक्षी देखिएका विमलेन्द्र नीधि देउवासँग चिढिएका छन् ।

यसपटकको महाधिवेशनमा कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला, शेखर कोइराला, कृष्ण सिटौलालगायतका नेताहरू आकांक्षीका रुपमा देखिएका छन् ।

सभापति देउवाले आफनो समुहमा सभापति फेरि उठ्ने भनी छलफल चलाउन थालेपछि विमलेन्द्र नीधि भने मुरमुरिएका छन् । उनले शनिवार नै देउवासँगको भेटमा भने, –‘यसपटक पनि तपाई नै सभापति भिड्ने भए हाम्रो पालो कहिले आउने ?’

निधि निकट स्रोतका अनुसार निधिले यो पटक आफु पनि सभापति उठ्ने देउवालाई जानकारी ढेड वर्ष यता गराउँदै आएका थिए । शनिवार देउवासँगको भेटमा पनि निधिले त्यही प्रस्ताव गरेका थिए । महाधिवेशनको कार्यतालिका संसोधन भएसँगै देउवाले शनिबारबाट प्रदेशगत रूपमा निकट नेताहरूलाई बोलाएर पार्टीको सभापतिमा पुनः आफ्नो उम्मेदवारीबारे छलफल थालेका थिए । यो क्रम उनको आज पनि जारी रहने देउवाको सचिवालयले जनाएको छ । हिजो उनले प्रदेश १ र प्रदेश २ का निकट नेताहरुलाइृ बोलाएर धारणा बुझेका हुन् ।

आज उनले बाग्मति प्रदेश, र अन्य प्रदेशका निकट नेताहरुसँगको छलफल जारी राख्ने तयारी गरेको उनको सचिवालय स्रोतले बताएको छ ।  तल्ला तहमा आफ्नो समूहको अवस्था र महाधिवेशन तयारीबारे जानकारी लिन देउवाले भेटघाट अगाडी बढाएका हुन् ।

त्यही क्रममा शनिवार उनले सभापति दावी गरिरहेका विमलेन्द्र निधिलाई पनि प्रदेश २ कै टोलीसँगै बोलाएर मनोभावना बुझने कोसिस गरेको देउवाको सचिवालयले जनाएको छ ।

तर त्यो भेटमा निधि र देउवाका वीचमा सवालजवाफ निक्कै चलेको र एकले अर्कोलाई मनाउने प्रयास भएको बताईएको छ । तर दुबै सभापति भिडने भन्दै आ आफना अडानमा रहेरै छलफलबाट उठेको निधिको सचिवालयले जनाएको छ । शनिबार देउवाले उपसभापतिद्वय निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री सुनीलबहादुर थापा र प्रदेश १ र २ का केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

‘हामीले तपाईंलाई सहयोग गर्दै आएकै छौँ । अब मेरो पनि उमेर भयो । भोलि १५औँ महाधिवेशनमा अरू साथी पनि आउँछन् । त्यो वेला अर्को परिस्थिति बनिसक्छ । त्यसैले अब मलाई मौका दिनुहोस् । म तपाईंको सहयोगमा सभापति बन्न चाहन्छु,’ देउवाले सभापतिमा आफु फेरि उठ्न लागेको विषयमा मुख नखोल्दै निधिले भनेका थिए ।

त्यसपछि देउवाले यो पटक हुन्न यो पटक म आफै चुनाव लड्ने तयारीमा जुटिसकेको निधिलाई बताएका थिए । देउवाले निधिलाई रोक्दै कांग्रेसको  नेतृत्वमा रहेर आफुले पार्टीलाई पहिलो पार्टी बनाउन धेरै गर्न वाँकी रहेको र त्यो अवसर अब आफ्नै नेतृत्वमा बन्ने बताउँदै यसपटक आफुलाई सहयोग गर्न निधिसँग आग्रह गरेका थिए ।

‘पार्टीभित्रै पनि मैले आलोचना खेपिरहेको छु । म मेरै नेतृत्वमा पार्टीलाई विधिसम्मत चलाउन र कांग्रेसलाई देशको ठूलो पार्टी बनाएर तपाईंलाई जिम्मेवारी हस्तान्तरण गर्न चाहन्छु ’ देउवाले निधिसँग भनेका थिए ।

तर देउवाको त्यस्तो प्रस्तावमा निधि भने टसमस भएनन्  । उनले देउवासँग भनेको भनाई उदधृत गदै उनको सचिवालय स्रोतले भन्यो,–‘म सभापति उठ्ने हो, तपाईले मलाई सहयोग गर्नुस् । यतिन्जेल मैले तपाईंसँग रहेर सहयोग गरेकै हुँ । अब मैले तपाईंको सहयोग लिने बेला हो । नभए तपाईं पनि लड्नुस्, म पनि लड्छु ।’

सुरिएरै सभापति लड्छु भनेर आफैलाई निधिले चुनौति पेश गरेपछि भने देउवाले पनि निधीलाई  जवाफ फर्काएका थिए,– ‘पार्टीको सभापति जो पनि उठ्न पाउँछ, मैले नउठ्नुस् भन्दिनँ । तर, मैले तयारी गरिसकेँ, मलाई सघाउनुस् भन्ने मेरो कुरा हो ।’

नीधिले भने पार्टी सभापतिमा आफुलाई सहयोग गर्न र प्रधानमन्त्रीमा देउवालाई बन्न आग्रह गरेका थिए ।  ‘पार्टीको सभापतिमा मलाई मौका दिनुस् । म पार्टी चलाउँछु । बरु तपाईं प्रधानमन्त्री बन्नुस्,’  निधिको देउवासँग प्रस्ताव थियो । तर देउवाले अहिले त्यसो नहुने भन्दै निधिलाई सभापति अर्को पटक उठने गरी पूर्नविचारमा लाग्न आग्रह गरेका थिए ।

सस्थापनमै देउवालाइ निधिले चुनौति दिने देखिएपछि उनको उम्मेदवारीको चर्चा अन्तिमसम्म टिक्ला या देउवाको छायाँमा लुत्रुक्क पर्लान् निधिी रु भनेर अहिले कांग्रेसको सस्थापन इतर समुहमा पनि छलफल शुन थालेको छ । उता कांग्रेसको सस्थापन इतर समुहमा पनि सभापतिका आकाक्षी धेरै देखिएका छन ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले यो पटक पनि आस गरेका छन् । उनले यो पटक मलाई मौका दिनुस् भनेर सस्थापन इतर समुहमा मुख खोल्न थालेका छन् । तर सस्थापन इतरमा महामन्त्री रहेका डा शसांक कोइराला, शेखर कोइराला लगायत पनि सभापतिको तयारी गरिरहेका छन् ।

शेखर कोइरालाले त निक्कै अगाडी देखि सभापतिमा उम्मेदवारी दिने गरी देश दौडाहा नै गरिरहेका थिए । यसले कांग्रेसमा अबको महाधिवशेनमा सभापति को को लड्छन् भन्ने भित्रि वहस शुरु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस