भारतसँगको सम्बन्ध अब बिग्रँदैन: प्रधानमन्त्री ओली

आइतबार, २५ चैत्र २०७४, २१ : ०५
भारतसँगको सम्बन्ध अब बिग्रँदैन:  प्रधानमन्त्री ओली

काठमाडौँ । तीनदिने भारत भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा आइतबार राति सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २१ औँ शताब्दीमा छिमेकीसँग कस्तो सम्बन्ध हुनुपर्छ, त्यो आफूले भारतीय समकक्षीसँग स्पष्ट रुपमा राखेको बताएका छन् ।

‘हामी सम्बन्ध बिगार्न चाहँदैनौं । कयौ कुराहरु लिखित मै आइसकेका छन् ।  नआएका कुराहरु अनावश्यक रुपमा उछाल्न हुँदैन । समाधान चाहन्छौं समस्याको ।’ स्वदेश फर्किए ओली विमानस्थलमा भने ।

उनले भने, ‘तस्वीर आफैं बोल्छ, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन ।’

उनले अघि भने, ‘विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । अब कसैले विर्गाछ भने त के लाग्छ र । तर, हामी बिगार्दैनौं, सकारात्मक ढंगले अघि बढ्छौं ।’

प्रतिक्रिया दिनुहोस