आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, ०७ : ३९
आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा समेत रहेको महाशाखाले जनाएको छ।

जसका कारण शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही  प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भुभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यस्तै दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १ गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।  राति पनि दिउँसोको जस्तै अवस्था मौसममा हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस