चितवनमा रुखबाट लडेर एक जनाको मृत्यु

आइतबार, २५ चैत्र २०७४, १८ : १०
चितवनमा रुखबाट लडेर एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कालिका नगरपालिका–८ का ४० वर्षीय सूर्यबहादुर चेपाङको रुखबाट दाउरा झार्ने क्रममा लडेर मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका चेपाङको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस