एसइइ दिएकाले घुम्ने होइन अध्ययन गर्ने

आइतबार, २५ चैत्र २०७४, १७ : ४०
एसइइ दिएकाले घुम्ने होइन अध्ययन गर्ने

चितवन । एसइइ दिएर वसेका विद्यार्थीले आफूले भोली कुन विषय अध्ययन गर्ने भन्ने कुरा अहिलेनै ध्यान दिएर तयारी गर्नु पर्ने शिक्षा विज्ञहरुले बताएका छन् ।
मिसन इन्ष्टिच्युट टेक्नोलोजी भरतपुरले आइतवार भरतपुरमा आयोजना निःशुल्क सेमिनारमा शिक्षा क्षेत्रका विज्ञहरुले सो कुरा बताएका हुन् । विद्यालय तहको अध्ययन पूरा भयो अव नतिजा नआउदासम्म घुम्ने डुल्ने रमाउने तर्फ लाग्न नहुने उनीहरुको भनाइ छ ।

त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर हरिहर पौडेलले विज्ञान प्रविधि अहिलेको आवश्यकता रहेको बताए । अहिलेको संसारमा विज्ञानले धेरै चमत्कार गरेको उल्लेख गर्दै विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण तिब्र रहेको बताए । सवै विद्यार्थी डाक्टर र इन्जिनियर नवन्ने भन्दै विज्ञान विषय अध्ययन गर्ने वितिकै डाक्टर नै वन्नु पर्छ भन्ने मानसिकता हटाउन उनले अनुरोध गरे । आफूले विषय विज्ञता हासिल गर्दै समाजमा के गर्न सकिन्छ भन्ने कुरालाई ध्यान दिनु पर्नेमा जोड दिए ।

एसइइ दिएका विद्यार्थीले आफूले कुन विषय अध्ययन गर्ने र त्यो विषय पढ्नको लागि के के पूर्वाधार तयार गर्नु पर्छ भन्ने विषयमा ध्यान दिनु पर्नेमा जोड दिए । प्रतिष्पर्धाको युग रहेकाले अध्ययन गर्नको लागि पनि प्रवेश परीक्षा पास गर्नु पर्ने भएकाले त्यसको लागि आफू सवैभन्दा अव्वल हुन मेहनत आवश्यक रहेको बताए ।  

कार्यक्रममा सिटिइभिटी स्कुल अफ हेल्थ साइन्सका उपप्रमुख रमन मेहताले प्राविधिक क्षेत्र वा अन्य कुन विषय अध्ययन गर्ने अहिलेदेखि तयारी गरेर पढ्नु पर्ने बताए । प्राविधिक विषयले हातमा सिप दिने र सिपले राजगारी तथा स्वरोजगार तर्फ उन्मुख हुने भएकाले प्राविधिक विषय अध्ययन अहिलेको आवश्यक रहेको बताए । कार्यक्रममा मिसन इन्टिच्युटका सञ्चालक निरज भट्टले मेहनतले नै सफलता प्राप्त गर्ने भएकाले अध्ययन गर्नु पर्नेमा जोड दिए । मिसनमा अहिले साइन्स व्रिज कोर्ष र स्टाफ नर्स, एचएको प्रवेश परीक्षाको तयारी कक्षाहरु  भइराखेको छ ।

 

प्रतिक्रिया दिनुहोस