कोरोना अपडेट : थप २ हजार ७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १७ : ३३
कोरोना अपडेट : थप २ हजार ७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ।

यस्तै गत चौबीस घन्टामा ४ हजार १ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ६३ हजार २५७ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ४ सय ४९ पीसीआर तथा ५ हजार ८ सय ४१ एन्टिजेन परीक्षण भएको छ।